१० साउन २०८३, आइतबार

चीनको छिङहाई प्रान्तका सबै कोरोना सङ्क्रमित स्वस्थ भएर घर फिर्ता

चीनको छिङहाई प्रान्तका सबै कोरोना सङ्क्रमित स्वस्थ भएर घर फिर्ता

चीनको एउटा प्रान्तका सवै कोरोना सङ्क्रमित विरामीलाई अस्पतालबाट घर फिर्ता गरिएको छ ।

देशको उत्तरपश्चिमतर्फ पर्ने छिङ्हाई प्रान्तका कोरोना सङ्क्रमित सवै विरामी शुक्रबारसम्ममा अस्पतालबाट घर फिर्ता भएका हुन् ।

शुक्रबार विहान अन्तिम दुई जनालाई स्वास्थ्यमा सुधार आएकाले अस्पतालबाट ‘डिस्चार्ज’ गरिएको अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् ।

अहिले यस प्रान्तका कुनै पनि अस्पतालमा कोरोना सङ्क्रमितहरू नरहेको पनि उनीहरूले दावी गरेको समाचारमा जनाइएको छ ।

उनीहरूले सङ्क्रमण भएका ४३७ जना निरन्तर सम्पर्कमा रहेको ३३ जनालाई चिकित्सकीय निगरानीमा राखिएको पनि जानकारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्