०३ असार २०८३, बुधबार

पोखरामा भएको कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

फागुन १०, २०७६
पोखरामा भएको कार दुर्घटनामा घाइते छोरीको पनि मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत पोखराको छोरेपाटन नजिक कालीमाटीमा शुक्रवार बेलुका भएको कार दुर्घटनामा आमा छोरी दुवैले ज्यान गुमाएका छन् ।

दुर्घटनामा आमाको घटनास्थलमै मृत्यु भएकोमा घाइते भएकी छोरीको उपचारक्रममा घटनाको भोलिपल्ट मृत्यु भएको हो ।

पोखरा–१७, बेलघारी बस्ने २१ वर्षीया जमुना क्षेत्रीको मृृत्यु भएको थियो । उनकी नावालिका २ वर्षीया छोरी रेविका क्षेत्री घाइते भएकी थिइन् । रेविकाको समेत मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार क्रममा शनिवार बिहान साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । 

दुर्घटनाका अन्य २ घाइते तनहुँ बन्दीपुर घई हाल पोखरा–१७ बस्ने २१ वर्षीया वीना थापामगर र उनका ४ वर्षीय छोरा अनिल थापाको नमस्ते अस्पताल बिरौटामा उपचार भइरहेको छ । 

स्याङ्जातर्फबाट पोखरा आउँदै गरेको ग.२च. ७७६३ नम्बरको तीव्रगतिको कार शुक्रबार बेलुका दुर्घटना भएको थियो । गुल्मी घर भएका कारचालक २८ वर्षीय शिव पाण्डे भने सामान्य छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । 

कार सडकको भित्तामा ठोक्किएर दुर्घटनाग्रस्त भएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक बुद्धिसागर पुरीले जानकारी दिए । चालकले मादक पदार्थ सेवन (मापसे) गरेको स्थानीयले जनाएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्