२८ जेठ २०८३, बिहीबार

सन्दीप लामिछानेले गरे धुर्मुस–सुन्तली फाउन्डेसनलाई ७० हजार आर्थिक सहयोग

फागुन १०, २०७६
सन्दीप लामिछानेले गरे धुर्मुस–सुन्तली फाउन्डेसनलाई ७० हजार आर्थिक सहयोग
फाइल फोटो

क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेसनलाई आर्थिक सहयोग गरेका छन् ।

चितवनको भरतपुरमा निर्माणाधीन रंगशालाका लागि उनले ७० हजार रुपैयाँ फाउन्डेसनलाई हस्तान्तरण गरेका हुन् ।

सन्दीपले गत महिना कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप क्रिकेट लिग २ खेल्ने क्रममा हरेक विकेट लिए बापतको रकम रंगशाला निर्माणका लागि सहयोग गर्ने घोषणा गरेका थिए ।

उनले प्रत्येक विकेट लिए बापतको ८ हजार ८४८ सहयोग गर्ने घोषणा गरेका थिए ।

सन्दीपले ओमान र अमेरिकासितका ४ खेलमा ८ विकेट लिएका थिए । सोही विकेट बराबरको रकम फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’लाई हस्तान्तरण गरिएको हो । सन्दीप रंगशाला निर्माणका सद्भावनादूत समेत हुन् ।

salt training

कमेन्ट गर्नुहोस्