१० साउन २०८३, आइतबार

ललितपुरमा प्रहरी जवान र अधिकृतको साझा मेस

फागुन १२, २०७६
ललितपुरमा प्रहरी जवान र अधिकृतको साझा मेस
फाइल फोटो

ललितपुरमै पहिलो पटक सातदोबाटो प्रहरी वृत्तमा प्रहरी अधिकृत तथा जवानका लागि संयुक्त रुपमा खाना खाने साझा मेसको शुरू भएको छ ।

यसअघि देशका अन्य प्रहरी कार्यालयमा जस्तै तहगत भान्साको प्रचलन रहेकामा त्यसमा सुधार गरिएको हो । सातदोबाटोमा स्थापना भएको यो मेस नेपालको सातौं मेस रहेको बताइएको छ । 

कार्यक्रमको उद्घाटन गर्दै प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले मुलुकभित्र अघि बढेको समानता र पारदर्शिताको कुरालाई यसले निकै सहयोग गर्ने विश्वास व्यक्त गरे ।

‘प्रहरीका सबै दर्जाबीच सम्मान व्यवहारको आवश्यकता रहँदा एउटै मेसको निकै जरुरी रहेको थियो । दिनमा हजारौं जनताको समस्या सुन्ने जवानको मानसिकता परिवर्तन गर्न संयुक्त मेसले निकै सहयोग गर्नेछ,’ उनले भने ।
सबै प्रहरीमा सकारात्मक भावना बढाउन संयुक्त मेसले निकै सहयोग गर्ने पोखरेलको भनाइ थियो ।

यसैगरी कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोलीका प्रमुख कार्यकारी अधिकृत पवन भट्टराईले ललितपुर सबैभन्दा बढी इञ्जिनियरिङ कलेज भएको जिल्ला रहँदा प्रहरीले यहाँको दुव्र्यसनी नियन्त्रण गर्न सफल भएको बताए ।

कार्यक्रममा मेसको राम्रो व्यवस्थापन गरेवापत प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्मा, प्रहरी नायब निरीक्षक जगतबहादुर रायमाझी, प्रहरी हवलदार नारायण किङिन र प्रहरी जवान हीरालाल नेपालीलाई पुरस्कृत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्