१६ असार २०८३, मंगलबार

इरानको आमनिर्वाचनमा कट्टरपन्थीहरू विजयी

फागुन १२, २०७६
इरानको आमनिर्वाचनमा कट्टरपन्थीहरू विजयी

इरानमा भएको आमनिर्वाचनमा कट्टरपन्थीहरू विजयी भएका छन् । सरकारप्रति आक्रोशको वातावरण रहेको बेलामा भएको आमनिर्वाचनमा कम मत खसेको थियो । 

शुक्रवार सम्पन्न निर्वाचनभन्दा दुई दिनअघि कोरोनभाइरसको हल्ला फैलाएर मानिसलाई मत दिनबाट रोक्नलाई तर्साइएको तेहरानले जनायो । 

तर नाजुक आर्थिक अवस्था र अमेरिकासँगको द्वन्द्वका कारण सरकारप्रतिको आक्रोशको स्थितिमा कम मतदाताले भोट दिन आउने विज्ञहरूले अनुमान गरेका थिए । त्यसमाथि रूढिवादी अधिकारीहरूले ८ हजारभन्दा बढी उम्मेदवारलाई चुनावै लड्न दिएका थिएनन् । 

चार वर्षअघिको स्थितिबाट अहिले परिवर्तन आएको यसले संकेत दिन्छ । त्यतिखेर मध्यमार्गी र सुधारवादीहरूले संसदमा सामान्य बहुमत ल्याएका थिए । चुनावपछि राष्ट्रपति हसन रूहानीमाथि थप दबाब परेको छ । 

‘अमेरिकाविरोधी उम्मेदवारहरूको विजय, ट्रम्पलाई अर्को थप्पड,’ उग्र रूढिवादी केहान पत्रिकाले लेख्यो । 

‘जनताले सुधारवादीहरूलाई अस्वीकार गरेका छन्,’ पत्रिकाले लेख्यो । उसले रूहानीका समर्थकलाई संकेत गरेको हो । ट्रम्पले अमेरिकालाई ऐतिहासिक आणविक सम्झौताबाट झिकेपछि अनि आर्थिक र राजनीतिक संकट आएपछि सुधारवादीहरूको स्थिति कमजोर बनेको छ ।

गृहमन्त्री अब्दोलरेजा रहमानी फाजलीले ४२.६ प्रतिशत मतदान भएको जानकारी दिए जुन विगत चार दशकमा सबभन्दा कम हो । 
 

salt training

कमेन्ट गर्नुहोस्