१७ असार २०८३, बुधबार

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नारायणमान बिजुक्छें

फागुन १२, २०७६
विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नारायणमान बिजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताएका छन् ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनीयरिङको संयुक्त आयोजनामा आज भएको ‘एमसीसी र इन्डो प्यासिफिक स्ट्राटेजी’ विषयको अन्तरक्रियामा उनले एमसीसी सम्झौता अनुमोदन भए हाम्रै देशमा नेपालको ऐनकानुन नै नचल्ने खतरा हुने विचार राखे ।

कार्यक्रममा नेमकिपाका सचिव एवं संघीय सांसद प्रेम सुवालले एमसीसी सम्झौता मान्नु भनेको अमेरिकी नेतृत्वको सैनिक गठबन्धनमा सामेल हुनु भएको विचार व्यक्त गरे ।

नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एमसीसी मात्रै नभई सरकारले विनाशर्त कुनै पनि विदेशी सहयोग स्वीकार गर्न नहुने बताए ।

सो अवसरमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई सुजन माकले एमसीसीका बारेमा कार्यपत्र प्रस्तुत गर्दै सम्झौता अमेरिकाले अगाडि सारेको हिन्दप्रशान्त रणनीतिकै अङ्ग भएको जिकिर गरे ।

ख्वप कलेज अफ इञ्जिनीयरिङका प्राचार्य ई सुनिल दुवालले हिन्द प्रशान्त रणनीतिबारे कार्यपत्र प्रस्तुत गर्दै अमेरिकाले चीनविरुद्ध लड्न अन्य शक्ति राष्ट्रलाई आफ्नो खेमामा तान्ने प्रयास गरिरहेको विचार राखे ।

salt training

कमेन्ट गर्नुहोस्