२४ असार २०८३, बुधबार

कलंकीमा ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिएपछि...

फागुन १२, २०७६
कलंकीमा ट्रकले १० वटा सवारीसाधनलाई ठक्कर दिएपछि...
तस्बिर स्राेत : भेषराज ज्ञवाली

राजधानी काठमाडौँको कलंकीमा ट्रकको ब्रक फेल हुँदा १० वटा सवारीसाधनलाई ठक्कर दिएको छ।

ना ६ ख २८७१ नम्बरको ट्रकले ठक्कर दिँदा चितवनको टाँडीका समशेर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। गुरुङको ट्रमा सेन्टरमा उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा घाइते थप चार जनाको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरी निरीक्षक पुरुपोत्तम कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार कलंकी-थानकोट खण्डमा ट्रकले स्कारपियो, भ्यान, ट्याक्सी, स्कुटी लगायत १० सवारीसाधनलाई ठक्कर दिएको हो।  

salt training

कमेन्ट गर्नुहोस्