३२ असार २०८३, बिहीबार

एकअर्कालाई नसहने बानीले कांग्रेस पछाडि परेको हो : डा महत

फागुन १२, २०७६
एकअर्कालाई नसहने बानीले कांग्रेस पछाडि परेको हो : डा महत

नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वपरराष्टमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले आफूले गरेका कामको प्रचार नगर्दा निर्वाचनमा पछि परेको बताएका छन्। 

सोमबार बट्टारस्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसको ३४औँ वार्षिकोत्सवमा नेता डा महतले कांग्रेसमा एकअर्काको अस्तित्वलाई स्वीकार नगर्ने बानीले गर्दा पार्टीले गति लिन नसकेको स्वीकारे। 

उनले भे, ‘‘अहिलेको सरकारले काम नगरे पनि प्रचार गर्न सिपालु भएकाले नागरिक मख्ख परेका छन्। कांग्रेसको सरकारले धेरै राम्रा काम गरे पनि त्यसको प्रचार गर्न सकेको छैन।’ डा महतले शिक्षामा पहुँच र क्षमता विकासको लागि परम्परागत शैक्षिक गतिविधिलाई भन्दा बढी सूचना प्रविधिलाई आत्मसात गर्न सुझाव पनि दिए।
 

salt training

कमेन्ट गर्नुहोस्