
स्टयान्ड-अप कमेडियन विष्णुप्रसाद गौडेल (मेक्साम) ‘कमेडी च्याम्पियन सिजन १’ बाट बाहिरिएका छन्।
हास्य कलाकारको सपना बोकेरै स्याङ्जाबाट काठमाडौँ पुगेका मेक्साम अब उत्कष्ट ४ सम्म पुगेका थिए। तर, कम भोटका कारण उनले फाइनल यात्रा तय गर्न सकेनन्।
उनी विशेषगरी राजनीतिक र सामाजिक विषयबस्तुमा केन्द्रित रहेर व्यंग्य गर्थे।
योसँगै कमेडी च्याम्पियनको फाइनल यात्रा सुरु भएको छ।
फाइनलमा हिमेश पन्त, सुमन कोइराला र खड्गबहादुर पुनमगर (खबपु) पुगेका छन्। खबपुले यो शृंखलामा सबैभन्दा बढी मत पाएका छन्।