०५ साउन २०८३, मंगलबार

लोकसेवा आयोगको परीक्षा नतिजा कमजोर, १३.३८ प्रतिशत उतीर्ण

फागुन १३, २०७६
लोकसेवा आयोगको परीक्षा नतिजा कमजोर, १३.३८ प्रतिशत उतीर्ण

लोकसेवा, आयोगले लिएको शाखा अधिकृत पदको परीक्षामा १३.३८ प्रतिशतमात्र उतीर्ण भएका छन् । 

 गत २५ माघमा आयाेगको विभिन्न कार्यालयबाट सञ्चालन भएको प्रथम चरणकाे परीक्षामामा पास हुनेको नतिजा कमजोर देखिएको हो ।

परीक्षामा सम्मिलित (खुला र समावेशी), एकीकृत परीक्षाअन्तर्गत राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सोसरह पदका लागि उम्मेदवार रहेका २५ हजार ४३ जनामध्ये ३ हजार ३ सय ५३ जना द्वितीय चरणको परीक्षाका लागि छनोट भएको आयोगले जनाएको छ।

जुन कुल सहभागीको १३.३८प्रतिशत मात्रै हो । राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्