०९ असार २०८३, मंगलबार

दुर्लभ रेडपाण्डाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ

फागुन १३, २०७६
दुर्लभ रेडपाण्डाको छालासहित काठमाडौंबाट ४ जना पक्राउ

दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला चोरी–शिकारीमा संलग्न रहेको आरोपमा ४ जना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले कपन खरिबोट क्षेत्रबाट दुर्लभ रेडपाण्डाको छालासहित ४ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुली घर भई कपन बस्ने ३९ वर्षीय सूर्यबहादुर भुजेल, धादिङको धुनिबेसी नगरपालिका घर भई ललितपुर ढोलाहिटी बस्ने ४० वर्षीय सुकबहादुर लामा, कास्की घर भई काठमाडौंको गौशाला बस्ने ३७ वर्षीय युवराज सापकोटा र काठमाडौंको कपन घर भएकी ४० वर्षीय कमला तामाङलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट रेड पाण्डाको एक थान छाला समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय काठमाडौंमा बुझाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्