२५ असार २०८३, बिहीबार

कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

फागुन १३, २०७६
कर्णाली नदीमा जीप खस्यो, चालकको मृत्यु

कर्णाली राजमार्गअन्तर्गत कालिकोटको नरहरिनाथ गाउँपालिकाका–१ को जिते बजारमा कर्णाली नदीमा आज बिहान जीप खसेको छ ।

रासकोटबाट जितेगडा यात्रु लिएर आएको लु१ज ४१४१ नंको जीप फर्किने क्रममा कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी प्रमुख श्यामबाबु ओलियाले जानकारी दिएका छन् । 

जीपमा सवार यात्रु झारेर ब्याक गर्ने क्रममा दुर्घटना भएको जीपमा चालक मात्र रहेको प्रहरीले जनाएको छ ।

जीप नदीमा खस्दा चालक दैलेख गुराँसे गाउँपालिका–४ का १९ वर्षीय चक्रबहादुर खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अहिले नदीमा खसेको जीप निकाल्ने प्रयास भइरहेको छ ।  

salt training

कमेन्ट गर्नुहोस्