१४ असार २०८३, आइतबार

स्थानीय तहको संख्या घटाउन र संविधान संशोधन गर्न संसदमै नेकपा सांसदको आह्वान

फागुन १३, २०७६
स्थानीय तहको संख्या घटाउन र संविधान संशोधन गर्न संसदमै नेकपा सांसदको आह्वान
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद शेरबहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गरेर अगाडि बढ्नाको कुनै विकल्प नभएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकको विशेष समयमा पूर्व कानून, न्याय तथा संसदीय मामिलामन्त्री तामाङले खर्चिलो निर्वाचन प्रणालीले विकास थिलोथिलो भएको र भ्रष्टाचार मौलाएको जनाउँदै अब प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीतर्फ सबैको ध्यान जानुपर्ने बताए ।

निर्वाचन जितेपछि जनताप्रति होइन, निर्वाचन खर्चप्रति बफादार बन्नुपर्ने अवस्थाले भ्रष्टाचार मौलाउँदै गएकामा चिन्ता व्यक्त गर्दै उनले भने, ‘म हार्दिक आह्वान गर्दछु, प्रत्यक्ष कार्यकारी राष्ट्रपतीय प्रणालीमा जानुपर्छ, संसद् पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा हुनुपर्छ ।’

विकास खर्चभन्दा साधारण खर्च ६० प्रतिशतले बढ्दै गएको जनाउँदै उनले संरचना घटाएर विकासमा खर्च गर्न सकिने बताए । महंगो शासकीय स्वरुप परिवर्तन गरी जनताको आकांक्षा सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए ।

७५३ स्थानीय तहलाई घटाएर ३५० को हाराहारीमा बनाउन तथा राजधानीको विकास गर्न बृहत् काठमाडौं उपत्यका विकास प्राधिकरण बनाएर जानुपर्ने सुझाव पनि उनले दिए ।

salt training

कमेन्ट गर्नुहोस्