१३ असार २०८३, शनिबार

राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, राष्ट्रिय वा औपचारिक पोशाक अनिवार्य

फागुन १३, २०७६
राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते, राष्ट्रिय वा औपचारिक पोशाक अनिवार्य
फाइल फोटो

गत माघ ९ गते सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यको शपथ कार्यक्रम फागुन २१ गते बिहीवार हुने भएको छ ।

संघीय संसद सचिवालयले सूचना जारी गर्दै नवनिर्वाचित सदस्यलाई उपस्थित हुन अनुरोध गरेको छ ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईद्वारा जारी सूचनामा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरको ल्होत्से हलमा बिहान ११ बजे शपथ कार्यक्रम हुने भएकाले १ घण्टा अगावै उपस्थित हुन अनुरोध गरिएको छ ।

शपथ कार्यक्रममा निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्र र नेपाली नागरिकको प्रमाणपत्रको सक्कल र १/१ प्रतिसहित उपस्थित हुन अनुरोध गरिएको छ । कार्यक्रममा राष्ट्रिय पोशाक वा पहिचान झल्किने औपचारिक पोशाक अनिवार्य गरिएको छ ।

यस्तो छ जरुरी सूचना –

salt training

कमेन्ट गर्नुहोस्