
सोलुखुम्बु भएको पाथीभरा म्याराथनको सुमन कुलुङले जितेका छन्।
उनले मंगलबार भएको प्रतियोगितामा निर्धारित ५४ किलोमिटरको दूरी ् ४ घण्टा १३ मिनेट २७ सेकेण्डमा पूरा गरेर खुलातर्फको विजेता बनेका हुन्।
५४ किलोमिटर दुरी चार घण्टा १४ मिनेट नौ सेकेण्डमा पूरा गर्दै प्रताप थाम्सोहाङ द्धितीय भएका छन्। दुर्गाराज बुढा तृतीय बने। उनले चार घण्टा २९ मिनेट १७ सेकेण्डमा निर्धारित दूरी पार गरेका थिए।
महिलातर्फको हाफ म्याराथन भने सुनमाया बुढाक्षेत्रीले जितेकी छन्। बुढाक्षेत्रीले ४४ किलोमिटरको दूरी तीन घण्टा ३८ मिनेटमा पूरा गरेकी हुन्। सरिता वासीको तुलनामा बुढाक्षेत्रीले १० मिनेट चाँडो दूरी पार गरिन्। वासीले तीन घण्टा ४८ मिनेटमा दूरी पार गरेकी थिइन्। रसिला तामाङ तृतिय भइन्। चार घण्टा ५९ सेकेण्डमा निर्धारित दूरी पार गरी तामाङ तृतीय भएकी हुन्।
खुलातर्फका विजेताले एक लाख ५१ हजार, उपविजेताले १ लाख ११ र तृतीयले ५१ हजार पुरस्कार प्राप्त गरेका छन् । महिलातर्फका विजेता, उपविजेता र तृतीयले क्रमस ८१, ५१ र ३१ हजार रुपैँया पुरस्कार प्राप्त गरेका छन्।