०१ साउन २०८३, शुक्रबार

उपरथी हमाल शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त

फागुन १३, २०७६
उपरथी हमाल शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त

नेपाली सेनाका उपरथी ईश्वर हमाल संयुक्त राष्ट्रसंघ, शान्ति मिसनको फोर्स कमान्डरमा नियुक्त भएका छन्। 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले उनलाई शान्ति पर्यवेक्षण सैनिक कमाण्डर (युएन डिस्इङ्गेजमेन्ट अब्र्जभेशन फोर्स) कमाण्डरमा नियुक्त गरेका हुन्।

हमाल नेपाली सेनाबाट शान्ति मिसनको महत्वपूर्ण ओहदामा पुग्ने  छैटौं जर्नेल हुन्।

फोर्स कमाण्डरको हैसियत संयुक्त राष्ट्रसंघको सहायक उपमहासचिव सरह मानिन्छ।

हमाल हाल शिवपुरीस्थित आर्मी कमाण्ड एण्ड स्टाफ कलेजका प्रमुख छन्। 

 
 

salt training

कमेन्ट गर्नुहोस्