
प्रहरीले काठमाडौँको कपनबाट रेड पाण्डाको छालासहित चार जनालाई पक्राउ गरेको छ।
महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार उनीहरुलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१२ कपनबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सिन्धुलीका सूर्यबहादुर भुजेल, धादिङका सुकबहादुर लामा, काठमाडौँकी कमला तामाङ र कास्कीका युवराज सापकोटा रहेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।
उनीहरुबाट रेड पाण्डाको छालासमेत बरामद गरिएको प्रहरीले जनाएको छ । परका उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालय काठमाडौँ बुझाइएको महाशाखाले सूचना जारी गरी जनाएको छ ।