१९ असार २०८३, शुक्रबार

इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

फागुन १३, २०७६
इरानी उपस्वास्थ्यमन्त्रीलाई कोरोना भाइरसकाे संक्रमण

इरानमा कोरोना भाइरसको संक्रमण जटिल बन्दै गएको इरानी स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन्।

इरानका उपस्वास्थ्य मन्त्रीलाई नयाँ कोरोना भाइरस संक्रमण भएको मन्त्रालयका एक अधिकारीले बताएका छन्।

इस्लामिक गणतन्त्रमा कोरोना भाइरसले ठूलो प्रकोपको रूप लिइसकेको उनले बताए। इरानमा उच्च अधिकारीमा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको यो पहिलो घटना हो।

स्वास्थ्य मन्त्रीका सञ्चार सल्लाहकार अलिरेजा वाहबजादेहले ट्वीटमा भने, 'कोरोना भाइरसविरूद्ध अग्रमोर्चामा रहेर संक्रमित अन्य नागरिकको सहयोगमा जुटिराखेका उप‍स्वास्थ्य मन्त्री हरिर्चीको कोरोनाभाइरस सङ्क्रमण परीक्षण भएको र परीक्षणमा संक्रमण पुष्टि भएको छ।'

 

salt training

कमेन्ट गर्नुहोस्