१३ असार २०८३, शनिबार

सुरक्षा चुनौतीलाई समाधान गर्न गृहमन्त्री थापाकाे निर्देशन

फागुन १७, २०७६
सुरक्षा चुनौतीलाई समाधान गर्न गृहमन्त्री थापाकाे निर्देशन

गृहमन्त्री राम बहादुर थापा ‘बादल’ सुरक्षा चुनौतीलाई समाधान गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन्।

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय दुई दिवसीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले वर्तमान समयमा देखा परेका  गर्दै समाजमा शान्ति, स्थायित्व एवं सुशासन कायम गर्न सर्वपक्षीय समन्वय एवं सहकार्यबाट परिस्कृत तथा एकिकृत रणनीतिक योजना अनुरुप लाग्न निर्देशन दिए। विकास एवं समृद्धिका लागि नागरिकको चेतना अभिवृद्धिमा समेत जोड दिनुपर्ने उनले बताए।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश अन्तर्गतको प्रहरी संगठनको संरचनालाई थप सुदृढिकरण गर्दै ज्ञान एवं कौशलले दक्षतापूर्ण प्रहरी जनशक्ति उत्पादन गरी थप रचनात्मक ढंगले जनता केन्द्रीत प्रहरी सेवा प्रदान गर्नेतर्फ प्रदेश सरकार प्रतिवद्ध रहेको बताए।

गृहसचिव महेश्वर न्यौपानेले पेशागत अभिवृद्धि, उच्च व्यवसायिकता प्रदर्शन, जिम्मेवारीमा संवेदनशीलताका साथै आपसी समन्वय र सहकार्यबाट शान्ति सुरक्षा र अमनचयनको अवस्थालाई सदैव चुस्तदुरुस्त राख्न सकिने चर्चा गर्दै यसका लागि सबै निकाय एकजुट भएर लाग्नुपर्ने उल्लेख गरे।

गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव किरणराज शर्माले प्रदेशस्तरीय सुरक्षा प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त गोष्ठीमा गण्डकी प्रदेशका ११ वटा जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले आ(आफ्नो जिल्लाको शान्ति सुरक्षा र चुनौतीका बारेमा प्रस्तुतीकरण गरेका थिए।


 

salt training

कमेन्ट गर्नुहोस्