२९ जेठ २०८३, शुक्रबार

खाडीमा कोरोनाको कहर, सचेत रहन दूतावासहरूको आग्रह

फागुन १८, २०७६
खाडीमा कोरोनाको कहर, सचेत रहन दूतावासहरूको आग्रह

नेपालसहित विदेशी कामदारको बाक्लो संख्या रहेको खाडीका देशमा कोरोना भाइरस कोविड-१९ को संक्रमण बढेपछि त्यहाँस्थित नेपाली दूतावासहरूले सूचना जारी गर्दै सतर्क रहन र समस्या परे स्थानीय स्वास्थ्य मन्त्रालयमा सम्पर्क गर्न आग्रह गरेका छन् ।

हालसम्म त्यहाँ कार्यरत नेपाली कोविड-१९बाट संक्रमित भएको खबर आइसकेको छैन । खाडीका देशमध्ये बिहीवारसम्म बहराइनमा ३३, कुवेतमा ४५, युएईमा २१, ओमानमा ४, कतारमा १ जना संक्रमित भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानबाट आएका यात्रुबाट कोविड-१९ संक्रमण भएपछि ती देशहरूले इरानका सबै उडान बन्द गरेका छन् । स्थानीय सरकारहरूले आफ्ना नागरिक, आप्रवासी र यात्रुलाई अनिवार्य मास्क लगाउन, भीडभाडमा नजान भनेकाले त्यही अनुसार सतर्कता अपनाइएको कुवेतस्थित विमानस्थलमा कार्यरत एक नेपालीले बताएको आजको कान्तिपुरमा खबर छ ।   

salt training

कमेन्ट गर्नुहोस्