
अमेरिकाले आफ्ना र सहयोगी देशका सैनिकहरू आगामी १४ महिनामा अफगानिस्तानबाट फिर्ता लैजाने भएको छ । अमेरिकार र तालिबान दुवैले शनिवार एक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अमेरिकाका विदेशमन्त्री माइक पोम्पियो र तालिवानका नेताहरू कतारको राजधानी दोहामा शान्ति सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार चरमपन्थीहरूले आफ्नो इलाकामा अलकायदा या अन्य कुनै अतिवादी समूहलाई आउन दिने छैनन् ।
शान्ति सम्झौतामा भनिएको छ कि, 'अमेरिका र सहयोगी देशका सैनिकहरू १४ महिनामा फिर्ता हुनेछन् । अमेरिका-तालिबान सम्झौता तालिवानका तर्फबाट पूरा गर्ने प्रतिबद्धता गरिनेछ ।
यसबाट १८ वर्षदेखि अफगानिस्तानमा चलिरहेको संघर्ष बन्द हुने आशा गरिएको छ ।