०७ असार २०८३, आइतबार

नेकपा फुट्छ भनेर सपना नदेख्न झलनाथ खनालको चेतावनी

फागुन १८, २०७६
नेकपा फुट्छ भनेर सपना नदेख्न झलनाथ खनालको चेतावनी
फाइल तस्वीर

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लामो त्याग र बलिदानबाट एकीकृत भएको नेकपामा फुटको कुनै सम्भावना नरहेको बताएका छन् ।

प्रेस संगठन नेपाल नुवाकोटले शनिवार विदुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा खनालले नेकपा फुट्छ भनेर सपना देख्नेहरूको दिवास्वप्न भएको बताए ।

'लामो समय टुटफुट, विभाजन र अन्तरसंघर्षको योगलाई पार गरेर ७० वर्षको अनुभव प्राप्त गरेको छ,' खनालले भने, 'यो पार्टी दुई वर्ष केही अन्योलतामा बिताएको छ तर अहिले एक ढिक्का भएको छ ।'

खनालले पार्टी एकीकरण र सरकार संचालनको पछिल्लो दुई वर्ष समीक्षा गर्नलायक भएपनि अबका दिन सरकार र पार्टीका लागि सुनौलो अवसर भएको बताए । 'वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा हामी परिपक्क भएका छौं,' उनले भने, 'सबै प्रकारले एकताबद्ध भएको छ, यसमा कुनै शंका नै छैन ।'

एमसीसीका सन्दर्भमा सोधिएको प्रश्नको जवाफ दिँदै नेता खनालले एमसीसीका बारेमा राम्रो र नराम्रो दुई किसिमले चर्चा चलेसँगै आफ्नो नेतृत्वमा बनेको कार्यदलले संशोधनसहित पास गर्नका लागि प्रतिवेदन बुझाएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्