०३ असार २०८३, बुधबार

ट्रम्पबारे रोचक तथ्य : एकपटक भनेका थिए - 'म धनी छु, महिलामाथि जे पनि गर्न सक्छु'

फागुन १८, २०७६
ट्रम्पबारे रोचक तथ्य : एकपटक भनेका थिए - 'म धनी छु, महिलामाथि जे पनि गर्न सक्छु'

संयुक्त राज्य अमेरिकाका ४५ औं राष्ट्रपति डोनाल्ड ट्रम्प एक व्यवसायी, टेलिभिजन व्यक्तित्व, लेखक र निश्चित रूपमा एक राजनीतिज्ञ हुन् । उनका बारेमा कतिपय तथ्यहरू बाहिर आउन सकेका छैनन् ।

ट्रम्प एक अमीर खानदानबाट उदाएका राजनीतिज्ञ हुन् । सन् १९७५ मा ट्रम्पका बुबाले लगभग १ करोड डलर लोन लिएर आफ्नो कम्पनी शुरू गरेका थिए, आज उक्त कम्पनीको नेट वर्थ लगभग १ हजार करोड डलर छ ।

ट्रम्प अमेरिकाको सबैभन्दा धनी व्यक्तिको सूचीमा सामेल छन् ।

अमेरिकामा ६३ वर्ष पछि गैरराजनीतिक व्यक्ति राष्ट्रपति बनेका हुन् । यो उनी राष्ट्रपति हुनुभन्दा डेढ साल अघि मात्र राजनीतिमा आएका थिए ।

अमेरिकाको राजनीतिक इतिहासमा ट्रम्प पहिलो यस्तो राष्ट्रपति हुन्, जसको क्यासिनो र होटेल छ ।

अमेरिकाको राजनीतिक इतिहासमा ७० वर्षीय ट्रम्प सबैभन्दा बढी उमेरका राष्ट्रपति हुन् । यसअघि रोनाल्ड रेगन ६९ वर्षको उमेरमा राष्ट्रपति भएका थिए ।

ट्रम्पले तीन पटक बिहे गरेका छन् । पहिला १९७७, दोस्रो १९९३ र तेस्रो २००५ मा । ट्रम्पका तीनवटै श्रीमतीबाट जम्मा ५ बच्चा छन्, जसमा ३ छोरा र २ छोरी हुन् ।

ट्रम्पले के दाबी गर्छन भने उनी ४ घण्टा मात्र सुत्छन् । १९९० मा ट्रम्पमाथि ९७ करोड डलरको ऋण थियो । घाटा भएकाले उनले ३ पटक टाट पल्टेको घोषणा गर्न सरकारलाई निवेदन दिएका थिए ।

ट्रम्पमाथि महिलाहरूलाई लिएर भद्दा टिप्पणी गरेको आरोप लाग्ने गर्छ । २००६ मा उनले उनले एक भिडियो मार्फत भनेका थिए, 'म एकदम धनी र शक्तिशाली छु, मैले महिलालाई जे पनि गर्न सक्छु ।

ट्रम्पको घरमा सुन लगाइएको पर्दा छ । उनको करीब २ सय १३ एकड जमिनमा फैलिएको घर छ र आफ्नै एउटा प्लेन छ । जसको मूल्य १० करोड डलर छ ।

ट्रम्प मुस्लिममाथि टिप्पणी गर्ने क्रममा पनि निरन्तर विवादमा रहन्छन् । उनले आफू निर्वाचित हुनुभन्दा पहिला मुस्लिमलाई अमेरिका आउन रोक लगाउने बयान दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्