३१ जेठ २०८३, आइतबार

पिसाब गर्न घरबाहिर निस्केको समयमा गोली प्रहार

फागुन १८, २०७६
पिसाब गर्न घरबाहिर निस्केको समयमा गोली प्रहार

महोत्तरी मनरासिस्वा नगरपालिका–३ सोनौलगाउँ बस्ने ६१ वर्षीय सहदेवप्रसाद यादव अज्ञात व्यक्तिले आज बिहान प्रहार गरेको गोली लागेर गम्भीर घाइते भएका छन् ।

उनको जनकपुरस्थित जानकी हेल्थकेयरमा उपचार भइरहेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

बिहान घरबाहिर पिसाब फेर्न निस्केका यादवमाथि गोली प्रहार भएको र गोली प्रहार गर्ने व्यक्तिको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

घटना भएको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकी नेतृत्वको  प्रहरी टोलीले घटनास्थल पुगी चाइनिज पेस्तोलमा लाग्ने दुई राउण्ड गोलीका खोका र एक राउण्ड गोली बरामद गरेको जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्