२६ असार २०८३, शुक्रबार

भारतमा ठोकिए दुई रेल, ३ जनाको मृत्यु

फागुन १८, २०७६
भारतमा ठोकिए दुई रेल, ३ जनाको मृत्यु

भारतको मध्य प्रदेशस्थित सिंगरौलीमा आइतवार दुई मालवाहक ट्रेन ठोकिएका छन् । दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । 

प्रहरीले राहत र उद्धार अभियान जारी राखेको छ । 

प्रहरीले बताएअनुसार, एनटीपीसी संयन्त्रका दुई मालवाहक ट्रेन बैढन थाना क्षेत्रमा ठोकिएका हुन् । दुवै ट्रेनमा कोइला थियो । 

एनटीपीसी संयन्त्रसम्म कोइला पुर्‍याउनका लागि सिंगल रेल लाइन छ । एकचोटिमा एकातिरबाट मात्र रेलगाडी चलाउन पाइन्छ । तर एकै लाइनमा दुवैतर्फबाट गाडी आएपछि यो दुर्घटना भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्