३० असार २०८३, मंगलबार

त्रिपुरेश्वर घटनामा सरकार र महानगरलाई पत्र काट्दै राष्ट्रिय दलित आयोग

असार २६, २०८३
काठमाडौं
त्रिपुरेश्वर घटनामा सरकार र महानगरलाई पत्र काट्दै राष्ट्रिय दलित आयोग

राष्ट्रिय दलित आयोगले बिहीबार त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयासको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

लोकान्तरसँग कुरा गर्दै आयोगका अध्यक्ष देवराज विश्वकर्माले आत्मदाह घटना आफैँमा संवेदनशील भएको बताए । 

‘आयोग यो घटनाबारे संवेदनशील छ । हामी सरकारलाई मुख्यगरी दुईवटा विषयमा गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौं,‘ विश्वकर्माले भने, ‘पहिलो कुरा सरकारले गणेश (नेपाली)को उचित उपचार गर्नुपर्‍यो । दोस्रो कुरा गणेशको मोटरसाइकलमा लक लगाउने महानगर प्रहरी र घटना भइसकेपछि घाइतेलाई उचित उपचारका लागि लैजानुपर्नेमा प्रहरीले अमानवीय तवरले धकेल्दै लगेको देखियो उनीहरूलाई पनि कारबाही हुनुपर्छ ।’ 

अध्यक्ष विश्वकर्माले घटनाप्रति गम्भीर ध्यानाकर्षण गर्दै गृह मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्र काट्ने तयारी गरेको बताए ।

बिहीबार महानगरीय प्रहरीले मोटरसाइकलको ह्वील लक गरिदिएपछि गणेशले त्रिपुरेश्वरमा आफैंलाई आगो लगाएर आत्मदाह प्रयास गरेका थिए ।

उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्