पोल्यान्डकी एलेक्जान्द्रा सडोव्स्काले फेशनका लागि आँखा रंगाउने निर्णय लिएर दृष्टि नै गुमाउन पुगेकी छन् ।
आँखा रंगाएपछि उनलाई पीडा भयो । पहिला त यो पीडा सामान्य भएको बताइयो र उपचारका लागि पेनकिलर दिइयो ।
तर अहिले उनको एक आँखाले देख्न छोडिसकेको छ भने अर्को आँखाको दृष्टि पनि गुम्ने स्थितिमा छ ।
खैरा आँखा भएकी सडोव्स्काले आँखाका नानीलाई कालो बनाएकी थिइन् ।
उनलाई दृष्टिविहीन बनाएको आरोपमा ट्याटू आर्टिस्टलाई तीन वर्षको सजाय दिइने सभ्भावना छ । उनीमाथि नियत नराखिकन व्यक्तिलाई अपांग बनाएको आरोप लागेको छ ।
आँखा चिकित्सकले सडोव्स्काको आँखामा भएको क्षतिलाई सुधार्न नसकिने बताएका छन् ।