काठमाडौं, ६ पुस - चलचित्र युनिटको गाडी दुर्घटना हुँदा चलचित्र प्रेम गीत २ को सुटिङ एक साताका लागि रोकिएको छ ।
निर्देशक रामशरण पाठक, निर्माता सन्तोष सेन तथा अभिनेता प्रदिप खड्का र कैलाश कटुवाललाई लिएर काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको गाडी गल्छी नजिक मालवाहक ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
.jpg?1482321144995)
दुर्घटनामा निर्माता निर्देशक पाठक र निर्माता सेन सामान्य घाइते भएका छन् । घाइतेलाई काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको छ ।