३१ जेठ २०८३, आइतबार

फागुन १९–२० मा अन्तर्राष्ट्रिय इनोभेटिभ एजुकेसन सम्मेलन

फागुन १८, २०७६
फागुन १९–२० मा अन्तर्राष्ट्रिय इनोभेटिभ एजुकेसन सम्मेलन

नेसनल कलेजले भारतको एसोसिएसन फर इनोभेटिभ एजुकेसन (एआईई)को साथमा नेपालमा अन्तर्राष्ट्रिय इन्नोभेटिभ एजुकेसन सम्मेलन आयोजना गर्नेभएको छ । 

नवीन आवधारणा तथा शिक्षामा खोज कार्यलाई प्लेटफर्म दिने उद्देश्यले कलेजले आफ्नो एम्बास्डर मदनजीत सिंह स्मृति सभाकक्षमा सम्मेलन आयोजना गर्ने भएको हो ।

सम्मेलनले खोजकर्ता तथा प्राज्ञिक व्यक्तित्वहरुको नवीन सोचलाई एउटै थलोमा प्रस्तुत गर्ने छ । 

जहाँ भारत, क्यानाडा, बंगलादेशका प्राज्ञिक व्यक्तित्वहरू सहभागी हुनेछन् भने नेपालका विभिन्न शैक्षिक तथा खोजमूलक संस्थाका प्रतिनिधिले प्रस्तुतिकरण दिनेछन् ।

कलेजका प्रिन्सिपल माधवप्रसाद न्यौपानेले सम्मेलनका बारेमा बोल्दै यस्तो सम्मेलनको आवश्यकताबारे प्रकाश पारे । 

उनले इनोभेसन एजुकेसनकै लागि नेपाली प्रज्ञापन क्षेत्र लागिपर्नु पर्ने बताए । 

एआईईका सचिव डा. मञ्जु गुप्ताले सहभागी सबै देशको शैक्षिक पद्धतिका आधारमा शिक्षामा नवीकरण ल्याउन सघाउ पुर्‍याउन सफल हुने विश्वास व्यक्त गरे ।

सम्मेलनको उद्घाटन समारोह एआईईका अध्यक्ष डा. राजीव गुप्ताले अध्यक्षा गर्नेछन् भने काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रो. डा. रामकण्ठ मकाजुले प्रमुख आतिथ्यता गर्नेछन् । 

पहिलो दिन विश्वविद्यालयका संस्थापक उपकुलपति प्रो. डा. सुरेशराज शर्माले किनोट स्पिच दिनेछन् । दोस्रो दिन युनिभर्सिटी अफ टोरन्टोका प्राध्यापक योकी वेनले अध्यात्म र शिक्षाबारे प्रकाश पार्नेछन् ।

खोज सम्मेलनका मुख्य छलफलका विषय दीगो विकास लक्ष्य, सूचना तथा सञ्चार प्रविधि, समानता तथा समन्यायिकता, शिक्षण शास्त्र र समावेशी शिक्षा, वेल विइङ, विकास, वातावरणीय मुद्दा तथा विश्वव्यापी चुनौती रहेका छन् ।

सन् १९९६ मा स्थापित नेसनल कलेजले ज्ञान सीप, व्यवहारलाई अध्यापन, खोज र व्यवहारिक ज्ञानलाई शिक्षामा अंथिकेत गर्न दक्षिण एसियामा सेन्टर अफ एक्सिलेन्सका रूपमा परिचित छ ।

कलेजमा व्याचलर इन डेभलपमेन्ट स्टडिज, व्याचलर इन डेभलपमेन्ट फाइनान्स तथा व्याचलर इन सोसिल साइन्सेज अध्यापन हुँछ ।

सन् २०१२ मा स्थापित एआईई भारतको गैरनाफामूलक संस्था हो । संस्थाले शिक्षा र स्वास्थ्यका क्षेत्रका क्षेत्रमा सशक्तिकरण गर्न सघाउ पुर्‍याउँदै आएको छ ।

दुवै संस्थाले शैक्षिक प्रणाली र शिक्षण पद्धतिका उत्थान तथा खोजको माध्यमबाट शैक्षिक क्षेत्रमा योगदान गर्न सम्मेलन आयोजना गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्