
नेपाली सेना सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ।
कल्याणकारी कोषबाट प्रदान गरिँदै आएको ‘सुविधा र सहुलियत’ कार्यक्रम विस्तार गर्ने योजनाअनुरूप सेनाले केन्द्रीय क्यान्टिनका रूपमा सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो।
प्रधानसेनापति पूर्णचन्द्र थापाले त्रिपुरेश्वरस्थित सेनाको एमईएसको हाताभित्र सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसल सञ्चालनको शुभारम्भ गरे।
उक्त पसलमा दैनिक अत्यावश्यक खाद्य सामग्रीदेखि जुत्ता, चप्पल, इलेक्ट्रोनिक र खेलकुद सामग्रीसमेत राखिएको छ।
यो पसलबाट बहालवाला तथा भूतपूर्व सैनिक र तिनमा आश्रित परिवारले सामान खरिद गर्न सक्नेछन्। त्यस्तै, सैनिक सेवामा करारमा रहेकाले पनि उक्त पसलबाट सेवा लिन सक्ने छन्।