०८ असार २०८३, सोमबार

प्रम ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्नाको तयारीमा

फागुन १८, २०७६
प्रम ओली मृगौला प्रत्यारोपणका लागि अस्पताल भर्नाको तयारीमा

प्रधानमन्त्री केपी ओलीको दोस्रो पटक गरिने मृगौला प्रत्यारोपणको तयारी पूरा भएको छ। 

बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा गरिने प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली सोमबार अस्पताल भर्ना हुँदैछन्। आइतबार सम्पन्न नेकपाको सचिवालय बैठकमा प्रम ओलीले आफ्नो स्वास्थ्योपचारको योजनाबारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिए। प्रम ओलीको यसअघि २०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो। ओली अस्पताल भर्ना हुनुअघि सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ। मन्त्रिपरिषद्को बैठक आइतबार साँझ पनि सम्पन्न भएको थापाले बताए।

salt training

कमेन्ट गर्नुहोस्