३० असार २०८३, मंगलबार

६४ मुलुकमा कोरोनाको संक्रमण, झन्डै तीन हजारको मृत्यु

फागुन १८, २०७६
६४ मुलुकमा कोरोनाको संक्रमण, झन्डै तीन हजारको मृत्यु

कोरोना भाइरसको संक्रमण विश्वका ६४ मुलुकमा भेटिएको छ।

समाचार एजेन्सी एएफपीका अनुसार कोरोना संक्रमणका कारण आइतबारसम्म विश्वभर २ हजार ९ सय ९० जनाको मृत्यु भएको छ। ८७ हजार ५ सय ६५ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ।

शनिबार साँझ ५ बजेपछि आइतबार अपरान्ह्सम्म थप १ हजार ६ सय ४६ थप व्यक्तिमा संक्रमण पुष्टि भएको छ।

कोभिड–१९ भनिने उक्त भाइरसको संक्रमण मकाउ तथा हङकङबाहेक मुख्यभूमि चीनमा  ७९ हजार ८२४ जनामा पुष्टि भएको छ भने त्यहाँ २ हजार ८ सय २४ जनाको मृत्यु भएको छ । 

चीनमा शनिबार ५ बजेदेखि आइतबार ११ बजेसम्म ५ सय ७३ जना नयाँ विरामीमा संक्रमण पुष्टि भएको छ भने ३५ जनाको सङ्क्रमणपछि उपचारका क्रममा मृत्यु भएको छ।  
  
  

salt training

कमेन्ट गर्नुहोस्