०६ असार २०८३, शनिबार

कोरोनाविरुद्ध बल्ल तात्यो सरकार

फागुन १९, २०७६
कोरोनाविरुद्ध बल्ल तात्यो सरकार
प्रतिकात्मक तस्वीर

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सरकारले ३ छुट्टाछुट्टै योजना बनाएको जानकारी दिएका छन् ।

उनले पहिलो चरणमा सावधानीका लागि अपनाउनुपर्ने, रोग आइहाले दोस्रो चर णमा उपचार का लागि सम्पूर्ण शक्ति लगाउने र तेस्रो चरणमा उच्च जोखिम निम्तिएको खण्डमा स्वास्थ्य आपत्काल घोषणा गर्नेसम्मको योजना बनाएर अगाडि बढेको बताए ।

उनले स्वास्थ्य क्षेत्रमा सम्पादन गरेका ४६ बुँदे उपलब्धि आइतवार सार्वजनिक गरेका छन् । मन्त्री ढकालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्हालेको १०० दिन नाघेको अवसरमा पत्रकार सम्मेलन आयोजना गर्दै उपलब्धि सार्वजनिक गरे ।

उनले कोरोना नियन्त्रणका लागि पहिलो चरणको काममा विमानस्थलमा प्रत्येक यात्रुको तापक्रम मापन शुरू गरिएको बताए । यसअघि अतिप्रभावित चीन, जापान लगायतका देशबाट आएका यात्रुको मात्र तापक्रम मापन गरिँदै आएकोमा अब प्रत्येकलाई ‘इन्फ्रारेड मेसिन’ले तापक्रम नाप्ने व्यवस्था मिलाइएको बताए । उनले विमानमा प्रवेश गर्नुअघि पनि तापक्रम लिन शुरू गरिएको बताए ।

साथीभाइसँग भेट्दा अँगालो मार्ने, हात मिलाउनेभन्दा पनि टाढैबाट नमस्कार गर्दा पनि कोरोनाको संक्रमणबाट जोगिन सकिने रहेछ भन्दै उनले थपे, ‘भीडमा हिँडडुल नगर्न तथा भोजभतेरका कार्यक्रम नगर्न पनि सबैलाई आग्रह गर्दछ ।’

उनले छिमेकी मुलुक भारतमा संक्रमण बढेमा नेपाललाई समेत समस्या पर्ने बताए । उनले हब र स्याटेलाइट अस्पताल गरी ३६ वटा अस्पताल तयारी अवस्थामा रहेको भन्दै कसैलाई पनि नआत्तिन आग्रह गरे । उनले नेपालले पनि उच्च सतर्कता अपनाइसकेको भन्दै आफ्नो सिमानामा संक्रमण छिर्न नदिन कुनै कसर बाँकी नराख्ने बताए ।

उद्धार टोलीमा देखिएन कोरोना 

यसैबीच, कोरोना भाइरस (कोभिड–१९)बाट संक्रमित क्षेत्र चीनमा रहेका नेपालीको उद्धार गर्न गएका १८ जना उद्धार टोलीको रिपोर्ट नेगेटिभ आएको छ । कोरोना नदेखिएपछि उनीहरूलाई आइतवार क्वारेन्टाइनबाट बिदाइ गरिएको छ ।

नगर कोटस्थित खानेपानी संस्थानको भवनमा रहेका विमान चालकसहित उद्धार टोलीको शनिवार घाँटीको भित्री भागको र्‍याल नमुना संक्रलन गरी परीक्षण गरिएको थियो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव खगराज बरालले उद्धार टोलीका सबैको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए । उनले चीनबाट उद्धार गरी भक्तपुर खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको क्वारेन्टाइनमा राखिएका १७५ जनाको दोस्रो चरणमा गरिएको स्वाब परीक्षणको रिपोर्ट सोमवारसम्म आइसक्ने जानकारी दिए । आजको गोरखापत्र दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्