०६ साउन २०८३, बुधबार

म्याद गुज्रेका औषधि बेच्दै गरेको अवस्थामा बरामद

फागुन १९, २०७६
म्याद गुज्रेका औषधि बेच्दै गरेको अवस्थामा बरामद

औषधि व्यवस्था विभागले सर्वसाधारणको ज्यानमा खेलवाड हुने गरी औषधि पसलमा म्याद गुज्रेका औषधि बिक्री वितरणका लागि राखिएको अवस्थामा फेला पारेको छ । 

विभागले आइतवार विराटनगरमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेका औषधि बरामद गरेको हो ।

विराटनगर महानगरपालिका–९ न्यूरो हस्पिटल अगाडि सञ्चालित फ्रेन्डसिप फार्मेसीबाट म्याद गुज्रेका विभिन्न १५ प्रकारका १३९ परिमाणको औषधि फेला पारेको विभागका निमित्त कार्यालय प्रमुख दीपेन्द्र खड्का जानकारी दिए ।

फार्मेसीका सञ्चालक विकास मण्डलले नष्ट गर्नका लागि छुट्टै कोठामा राखेको औषधि विभागले बरामद गरेको बताए ।

यसैगरी अनुगमनका क्रममा आँगन फार्मेसीका सञ्चालक जयकुमार पुलामी मगरलाई नियन्त्रणमा लिएको छ । प्राविधिक नराखी औषधि बिक्री वितरण गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको विभागले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्