३१ जेठ २०८३, आइतबार

सीसी क्यामराको निगरानीमा आँबुखैरेनी बजार

फागुन १९, २०७६
सीसी क्यामराको निगरानीमा आँबुखैरेनी बजार

गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनी बजारको निगरानी सीसी क्यामराबाट शुरू गरिएको छ ।

बजारको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आँबुखैरेनी गाउँपालिका २ र ३ का विभिन्न स्थानमा सीसी क्यामरा जडान गरिएको हो ।

आँबुखैरेनी गाउँपालिका र तनहुँ उद्योग वाणिज्य संघको सहयोगमा गत वर्ष मुख्य बजार क्षेत्रमा १७ वटा सीसी क्यामरा जडान गरिएकोमा यस वर्ष गाउँपालिकाकै सहयोगमा आँबुखैरेनी गाउँपालिका २ र ३ मा थप १२ क्यामरा जडान गरिएको छ ।

सीसी क्यामराको कन्ट्रोल रुम इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखिएको छ ।

बजार क्षेत्रमा जडान गरिएको क्यामराले दुर्घटना न्यूनीकरण र शान्ति सुरक्षा कायम गर्न सहयोग पुर्‍याएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वुद्धि सुवेदीले जानकारी दिए ।

‘बजार क्षेत्रमा जडान गरिएका २९ सिसी क्यामरामार्फत बजारको निगरानी गरिरहेका छौं,’ उनले भने, ‘सीसी क्यामराले समाजमा शान्ति र अमनचमन कायम गर्न सहयोग पुर्‍याउँछ ।’

प्रहरीले सीसी क्यामराको माध्यमबाट चौबिसैं घण्टा राजमार्ग, मुख्यबजार र संवेदनशील क्षेत्रको निगरानी गरिरहेको जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाका विभिन्न स्थानमा १९ सीसी क्यामरा जडान गरिएको छ । नगरपालिकाको मुख्य बजार क्षेत्र र राजमार्गमा सिसी क्यामरा जडान गरिएको नगरपालिकाका सूचना प्रविधि शाखा प्रमुख त्रिलोचन लम्सालले जानकारी दिए ।

शुक्लागण्डकी नगरपालिकाको शेराटार, खैरेनीटार बजार, दुलेगौंडा बजार, कोत्रे, ढोरफिर्दी, वडा नम्बर ८ को वडा कार्यालय, गणेश टोल तथा हिमालीटोलको बीच भाग, इलाका प्रहरी कार्यालय लगायतका ठाउँमा सीसी क्यामरा जडान गरिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्