२१ असार २०८३, आइतबार

मिथिलाञ्चलमा होली शुरू

फागुन १९, २०७६
मिथिलाञ्चलमा होली शुरू
फाइल फोटो

मिथिलाञ्चलको महाकुम्भको रुपमा चर्चित १५ दिने माध्यमिकी परिक्रमाका यात्रुले कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा सोमवारदेखि विधिवत् होली शुरू भएको छ । 

त्रेतायुगमा रामसीताले कञ्चनवन पुगेर रङअबिर खेलेका विश्वासमा यात्रीले फागु पर्वको शुरूवात गर्ने परम्परा छ ।

आइतवार कञ्चनवन आएको परिक्रमाका यात्रीले सोमवार बिहान कञ्चनवनमा स्नान गरेर रङअबिर खेलेसँगै मिथिलाञ्चलमा सोमवारदेखि विधिवत् रुपमा होली शुरू भएको मानिन्छ । 

१५ दिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौं दिनको बासस्थान कञ्चनवनमा भगवान् रामचन्द्र र माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबीरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौं साधुसन्त महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्री समेतले एकापसमा रङ अबीर साटासाट गर्दै होली पर्वको शुरूआत गरेको हो ।

भगवान् तथा साधुसन्त र महात्माले होली पर्वको शुरूआत गरिसकेको कुरालाई लिएर सोमवार बिहानै मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबीरको प्रयोग शुरू भएको छ ।

होलीको आगमनसँगै प्रत्येक वर्षझैं यस वर्ष पनि सोमवारै बेलुकादेखि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत नाच, गान, हाँसो ठट्टा र ब्यंग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको समेत शुभारम्भ हुनेछ ।

परापूर्वकालमा भगवान् रामचन्द्र र माता जानकी वनवास गएको दिनमा महोत्तरीको कञ्चनवनमा नै होली पर्व मनाएको बेला सो ठाउँको माटो रातो भएको र सोही ठाउँ भएर बग्ने नदीको पानी पनि रातो भएको जनविश्वास छ ।

मिथिलाञ्चलका साधुसन्त महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममा कै क्रममा भगवान््ले होली पर्व खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्री पनि होली पर्व मनाएका छन् । 

धनुषाको हनुमानगढीमा गत आइतवार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता जानकीको डोला र परिक्रमायात्री जम्मा भई आजदेखि भारतको कलार्णेश्वरबाट शुरू भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कञ्चनवनमा सातौं दिनको बासा त्याग गरेर सोमवार बिहान होली मनाउँदै सम्पूर्ण परिक्रमायात्री आठौं दिनको बासका लागि धनुषाको पर्वता पुग्ने भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्