२२ जेठ २०८३, शुक्रबार

कोरोनाभाइरसको शुरूआत कहाँबाट भएको हो भन्ने विषयमा अनुसन्धान जारी

फागुन १९, २०७६
कोरोनाभाइरसको शुरूआत कहाँबाट भएको हो भन्ने विषयमा अनुसन्धान जारी

संसारभरि तीन हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोविड–१९ भनिने कोरोनाभाइरसका विषयमा अहिले अनुसन्धान चलिरहेको छ । तर कुनै पनि अनुसन्धानमा यस भाइरसको शुरूआत कहाँबाट भएको हो भन्ने पत्ता लागेको छैन । 

विज्ञहरूका अनुसार, कोरोनाभाइरसको मूल पत्ता लगाउनका लागि ठोस र आधिकारिक अनुसन्धान जरूरी छ । 

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले शनिवार कोरोनासम्बन्धी एक रिपोर्ट प्रकाशित गरेको छ । उक्त रिपोर्टमा लेखिएको छ– चाइनिज एकेडमी अफ सायन्सेजमा एसोसिएट प्रोफेसर यू वेनबिनले एक रिसर्च पेपर बुझाएका छन् । पेपरमा उल्लेख भएअनुसार, वुहानका हुआनान सीफूड मार्केट नै कोरोनाको केन्द्र नहुन सक्छ । नयाँ कोरोनाभाइरसलाई पाँचवटा समूहमा बाँडिएको छ– ए, बी, सी, डी र ई । ए सबभन्दा ठूलो र ई सबभन्दा सानो भाइरस हो । हुबेईमा ग्रूप सीको कोरोनाभाइरसमा पत्ता लागेको हो । तर अमेरिकामा चाहिँ पाँचै ग्रूपको भाइरस देखिएको छ । 

यू र अन्य अनुसन्धाताहरूले हुबेईमा देखिएको कोरोनाभाइरस अन्यबाट आएर फैलिएको हुनसक्ने बताइएको छ । उनीहरूका अनुसार, ‘अमेरिकामा भेटिएको कोरोनाभाइरसका सबै परीक्षण परिणाम ग्रूप सीका हुन् भन्ने पत्ता लाग्यो भने मात्र चीनबाट त्यो फैलिएको भन्न मिल्छ । त्यसो होइन रहेछ भने चाहिँ अमेरिकाबाटै फैलिएको भन्नुपर्छ । 

फर्माकोलोजिस्ट प्यान हुवेई जोङले यही पेपरलाई उद्धृत गर्दै अमेरिकाको कोविड–१९ को केस हेर्दा चीनको तुलनामा कोरोनाभाइरसको धेरै किसिमका जेनेटिक टाइप भेटिएका छन् । 

वुहानका भाइरलोजिस्ट याङ झाङक्यूले ग्लोबल टाइम्सलाई बताएअनुसार अमेरिकामा इन्फ्लुएन्जाबाट भएको मृत्युको कारण पत्ता लगाउन थप अनुसन्धान आवश्यक छ । 

चीनका संक्रमणविशेषज्ञ झोङ नानशानले अप्रिल महिनाको अन्त्यसम्ममा कोविड–१९ लाई नियन्त्रणमा लिइसक्ने आशा व्यक्त गरेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्