भारतको उत्तर प्रदेशस्थित लखीमपुर खीरीमा मोटरसाइकलमा गइरहेका एक अध्यापकले बाइकमा केही कुरा घस्रिरहेको देखे । ध्यान दिएर हेर्दा उनी निकै आत्तिए ।
ह्यान्डल नजिक एक विषालु सर्प हिँडिरहेको थियो ।
त्यसपछि अध्यापकले बाइकलाई सर्भिस सेन्टर लगे र बाइकभित्र लुकेको सर्पलाई निकालियो ।
गुडिरहेको बेलामा अध्यापकले सर्प देखेपछि बाइकलाई सडक किनारमा रोके । उनले बाइक रोकेपछि मानिसहरू जम्मा भए । त्यसपछि अध्यापकले बाइकलाई मेकानिककहाँ लगे । मेकानिकले हेडलाइट खोलेर एक घन्टाको कडा मेहनतपछि त्यसमा फसेको विषालु सर्पलाई लट्ठीले घचेडेर निकाले । बाइकबाट विषालु सर्प निस्केपछि अध्यापकले बाइक घर लगे ।