०९ साउन २०८३, शनिबार

इथियोपियामा रहस्यमयी रोगका कारण मर्नुअघि मानिसको नाक र मुखबाट बग्छ रगत

फागुन १९, २०७६
इथियोपियामा रहस्यमयी रोगका कारण मर्नुअघि मानिसको नाक र मुखबाट बग्छ रगत

अफ्रिकी मुलुक इथियोपियामा एक रहस्यमयी रोग लागेपछि मानिसहरू नाक र मुखबाट रगत निकाल्दै मर्न थालेका छन् । चिनियाँ कम्पनीले तेल निकाल्ने क्रममा जम्मा पारेको फोहरका कारण यो रोग लागेको बताइएको छ । 

रोग सोमाली नामक स्थान नजिकको तेल परियोजना नजिक रहेका गाउँहरूमा फैलिरहेको छ । रोग लागेपछि पीडितहरूको आँखा पहेंलो हुने, ज्वरो फुट्ने र जिउ सुन्निने र अन्त्यमा मृत्यु हुने गर्छ । 

अन्य लक्षणमा हत्केला पहेंलो हुने, भोक हराउने र निद्रा गुम्ने आदि छन् । 

उक्त क्षेत्रमा स्वास्थ्य तथा वातावरणीय संकट परेको आरोपलाई अधिकारीहरूले अस्वीकार गरेका छन् । 

ज्वरो निकाल्ने ठ्याक्कै कारण के हो भनी स्पष्ट भइसकेको छैन यद्यपि रासायनिक फोहरका कारण यसो भएको धेरैको विश्वास छ । रसायनले उक्त क्षेत्रको पानी आपूर्तिलाई विषाक्त बनाएको छ । 

धूबावेन जिल्ला अध्यक्ष सुसीन शीख सिरादले सन् २०१४ देखि अहिलेसम्म यस रोगका कारण कम्तीमा २ हजारजनाको मृत्यु भइसकेको बताएका छन् । तर सरकारी आँकडा उपलब्ध छैन ।

सोमाली क्षेत्रीय सरकारका एक सल्लाहकारले यस क्षेत्रमा कहिले पनि नदेखिएको ज्वरो देखिएको दाबी गरे । 

‘सार्वजनिक स्वास्थ्य संरक्षणको अभावमा चिनियाँ कम्पनी पोली–जीसीएलले उपयोग गरेको रसायनले मानव स्वास्थ्यमा असर पारेको स्पष्ट छ,’ उनले भने । 

पोली–जीसीएल पेट्रोलियम इन्भेस्टमेन्ट्सले पोहोर साल इथियोपियबाट जिबुटीसम्मको ७६७ किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन बनाउने योजनाको पुष्टि गरेको थियो । त्यो बनेपछि इथियोपियन ग्यासलाई जिबुटीमा रहेको एक निर्यात टर्मिनलमा पठाउन सहज हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्