०३ साउन २०८३, आइतबार

कोरोनाको चिन्ता : प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन र सबै मेला–महोत्सव स्थगन

फागुन १९, २०७६
कोरोनाको चिन्ता : प्रदेश ५ सरकारद्वारा लगानी सम्मेलन र सबै मेला–महोत्सव स्थगन

प्रदेश नम्बर ५ सरकारले लगानी सम्मेलन तथा विभिन्न जिल्लामा हुन लागेका मेला–महोत्सवहरू स्थगन गर्ने निर्णय गरेको छ ।

कोरोनाभाइरसको जोखिमलाई मध्यनजर गर्दै प्रदेश मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले उक्त निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेश सरकारले आगामी वैशाख ४ र ५ गते लगानी सम्मेलन गर्ने तयारी गरेको थियो । 

मन्त्रिपरिषद्को निर्णयपछि प्रदेशका १२ वटै जिल्लामा आयोजित मेला तथा महोत्सवहरू पनि स्थगित हुने भएका छन् ।

विश्व स्वास्थ्य संगठनले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताइसकेको छ, सोही कारण उच्च सतर्कता अपनाउन थालिएको हो ।

छिमेकी मुलुक चीनबाट फैलिएको कोरोना अहिल विश्वभरका ५० भन्दा बढी देशमा पुगिसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्