०९ असार २०८३, मंगलबार

सम्पन्न भयो एस्पायर इन्टरकलेज इभेन्ट

फागुन १९, २०७६
सम्पन्न भयो एस्पायर इन्टरकलेज इभेन्ट

इस्लिङ्टन कलेजले एस्पायर इन्टरकलेज इभेन्ट २०२० आयोजना गर्‍यो ।

फेब्रुअरी २६ देखि फेब्रुअरी २८ सम्म आयोजना भएको यो मेला विभिन्न व्यवसायसँग सम्बन्धित प्रतिस्पर्धाको एक विस्तृत श्रृंखलाको समिश्रण हो जुन प्रत्येक वर्ष हुनेगर्छ ।

एउटा प्लेटफर्म प्रदान गर्ने लक्ष्यसहित एस्पायरले सबै सहभागीहरूलाई उनीहरूको अधिकतम क्षमता देखाउने अवसर प्रदान गर्ने गरेको छ ।

विद्यार्थीको सहभागिताले तिनीहरूमा समय व्यवस्थापन, टीममा काम गर्ने बानी र नेतृत्व शैली उच्च हुने विश्वास आयोजकले जानकारी गराएका छन् ।

एकै साथ विद्यार्थीहरूका लागि एक विशिष्ट बजेट विनियोजन गरिएको थियो जहाँ प्रतिस्पर्धी विद्यार्थीले न्यूनतम समय र साधनमा उच्चतम परिणाम देखाएका थिए। 

सहभागीहरूले कार्यक्रमका क्रममा टीमवर्कको प्रदर्शन पाएका थिए । थप रूपमा प्रत्येक सहभागीले उनीहरूको व्यावसायिक क्षमताको नयाँ पक्ष वास्तविक जीवन परिदृश्यको सामना गर्नका लागि उपायहरू  पत्ता लगाएका थिए । 

सबै सहभागीलाई उनीहरूको अनुकूल क्षेत्रबाहिर काम गर्न र उनीहरूलाई  विश्व-व्यापारको अनुभव र अनुभूति  प्रदान गर्दै त्यसमा आफूलाई कसरी समावेश गराउने भन्ने ज्ञान प्रदान गरिएको थियो ।

त्यहाँ ६  फरक अभ्यासहरू गराइएको थियो, जहाँ  विद्यार्थीलाई सीमित समय र वास्तविक लक्ष्य दिएर उनीहरूको सीप र क्षमताको प्रयोग गरी मूल्यांकन गरिएको थियो ।

६ फरक  अभ्यासहरू स्टार्ट-अप आइकन, मनी मास्टर, दि लास्ट मार्केट कल, कर्पोरेट एलाइट्स, ग्लोबल हिरो र  सीईओ अफ इअर थियो । समापन समारोह २८  फेब्रुअरीमा 'ब्रिटेनमा एक दिन' भन्ने फनफेस्ट आयोजना गरिएको थियो । जहाँ विभिन्न स्टलहरू र क्रियाकलापहरू समावेश गरिएका थिए ।
परम्परागत ब्रिटिश संस्कृति प्रदर्शनीसहित  काठमाडौंको कमलपोखरीस्थित इस्लिङ्टन कलेज परिसरमा सफलतापूर्वक सम्पन्न भएको छ ।

एस्पायर इन्टरकलेज इभेन्ट  २०२० को उत्कृष्ट पुरस्कार दि ब्रिटिश कलेजले हात पारेको छ ।

salt training

कमेन्ट गर्नुहोस्