१७ असार २०८३, बुधबार

प्यूठानको लामाचौरमा एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा

फागुन १९, २०७६
प्यूठानको लामाचौरमा एनआईसी एसिया बैंकको शाखारहित बैंकिङ सेवा

ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सवलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्ने क्रममा एनआईसी एसिया बैंकले प्यूठान जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नं. ९, लामाचौरमा आफ्नो ५५औं शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

उक्त सेवाको उद्घाटन सोही वडाका वडाध्यक्ष नरबहादुर बुढामगरले आइतवार गरे । त्यस शाखारहित बैंकिङ सेवाको प्रतिनिधिको रूपमा बैंकले गोपालकृष्ण बुढामगरलाई नियुक्त गरेको छ । 

ग्रामीण क्षेत्रका स्थानीयवासीहरूले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने बैंकले जनाएको छ । साथै सो सेवाबाट बैंकिङ कारोबारका लागि लामो दूरीसम्म हिड्नुपर्ने बाध्यताको अन्त्य भई ग्रामीण र दुर्गम क्षेत्रहरूमा बैंकिङ कारोबार गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीयवासीले निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोबाइल रिचार्ज गर्ने, उपयोगी सेवा जस्तै टेलिफोन, मोबाइल, एडिएसएल, डिस होम आदिको महसूल भुक्तानी गर्ने, स्वीकृत सीमाभित्र रही कर्जा कारोबार गर्ने, कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

एनआईसी एसिया बैंकका मुलुकभर ३१९ शाखा कार्यालय, ४५१ एटीएम, १०७ वटा एक्स्टेन्सन काउन्टर एवं ५५ वटा शाखारहित बैंकिङ सेवा उपलब्ध छन् ।

salt training

कमेन्ट गर्नुहोस्