११ असार २०८३, बिहीबार

प्रम ओली बुबालाई ढोगेर अस्पताल हिँडे

फागुन १९, २०७६
प्रम ओली बुबालाई ढोगेर अस्पताल हिँडे
तस्बिर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाको फेसबुकबाट।

‘बुवा दर्शन’

प्रधानमन्त्री केपी ओलीले आफ्ना बुवा मोहनप्रसाद ओलीलाई ढोग्दै गर्दा पुकारेको शव्द हो, यो। 

दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गर्न लागेका उनी सोमबार बालुवाटारबाट निस्कदैथे।  प्रम ओलीको विदाइमा उनका बुवा पनि थिए। जकेट लगाएका प्रम ओलीको हातमा मोबाइल फोन थियो। फोनलाई दुई हातमा पारेर उनले बुवालाई ढोगे, अनि गाडी चढेर अस्पतालतिर लागे।

प्रम ओलीको बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपण हुँदैछ। त्यसका लागि उनी सोमबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका हुन्।

 लीलाई उनकी भाञ्जी समीक्षा संग्रौला मिर्गौला दिँदैछिन्। 

उनको विदाइमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसहित बालुवाटार पुगेका थिए।

सम्बन्धित समाचार : मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली अस्पताल भर्ना

अस्पताल जानुअघि प्रधानमन्त्रीको सन्देश– जागृत हुँदै गरेका सपना छाडेर अलप हुन्नँ [भिडियो]

salt training

कमेन्ट गर्नुहोस्