
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले अहिले कांग्रेस एक ढिक्का नहुँदा क्षति व्यहोर्नुपरेको बताएका छन्।
‘अब एक भएर मुलुकलाई अगाडि बढाउन आवश्यक छ,’ लमही नगरपालिका–९ को अमिलियामा कांग्रेस नेता स्व खुमबहादुर खड्काको शालिक निर्माण कार्यको शिलान्यास गर्दै महामन्त्री खड्काले भने।
उनले अहिले कांग्रेस गुटउपगुटले कमजोर बन्दै गएको भन्दै गुटभन्दा माथि उठ्न आवश्यक रहेको बताए। स्व खड्काको जन्म गाउँमा शालिक निर्माण शुरु गरिएको हो । उक्त सालिक ढलोटको र पूर्णकदको रहनेछ।