
लागुऔषध बिक्रीवितरण र डलर ठगीमा संलग्न रहेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बनेपाले सोमबार पत्रकार सम्मेलन गरी दुवै घटनामा संलग्न दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ।
इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार पनौती नगरपालिका ६ बस्ने बलराम फुयाँलको घरमा कोठा लिइ बस्ने सुभद्रा तिमिल्सिनाले बिक्रीवितरणका लागि लुकाइछिपाइ राखेको अवस्थामा ‘निट्राभेट–१०’ लेखिएको लागुऔषध साढे नौ थानको २७९ ट्याप्लेट बरामद गरिएको हो। तिमिल्सिनाले दराजभित्र कपडामा लुकाएको सो लागुऔषध फेला पारेकाले औषधिसहित तिमिल्सिनालाई पक्राउ गरेको हो ।