
मकवानपुरको हेटौंडाबाट ६ केजी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बसमा चेकजाँच गर्ने क्रममा हेटौंडा– १५ रातोमाटेबाट सुनसहित भारतका ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिको मकवानपुर प्रहरीले जनाएको छ ।
सुन फलामको बेरिङभित्र राखेर ल्याएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।