
प्रहरीले २५ किलोग्राम लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ।
बेनिघाटरोराङ गाउँपालिका–३ मलेखुमा प्रहरीले जाँच गर्दा मोटरसाइकलमा जेब्राझोलाभित्र ल्याएको चरेससहित दुईजना पक्राउ गरेको हो।
पक्राउ पर्नेमा गजुरी गाउँपालिका–३ का २८ वर्षीय सन्चबहादुर तामाङ र ४१ वर्षीय मानवीर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए।
लागुऔषध चरेस बोक्न प्रयोग भएको बा४८प ९२२५ नंको मोटरसाइकलसहित प्रहरीले बरामद गरी जिल्ला अदालतमा पेश गरेको छ ।
प्रहरीले मोटरसाइकल जाँच गर्दा जेब्राझोलाभित्र हालेर सानासाना चारपाटे आकारमा प्लास्टिकले बेरेर बिक्री गर्न लैजाँदै गर्दा सो सामग्री भेटेको थियो।