
काठमाडौं, ६ पुस–भारत आसामको हैलाकाण्डी जिल्लामा एक भारतीय मुस्लिम युवालाई पाकिस्तानी जर्सी लगाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार उनीमाथि आपराधिक क्रियाकलाप गरेको तथा अश्लीलताको मामला दर्ता गरेको छ । तर, पछि उनी जमानतमा छुटेका छन् ।
हैलाकाण्डीका एसपी प्रनवज्योति गोस्वामीले वीवीसीलाई बताए अनुसार,‘रिपोन चौधरी एक स्थानीय क्रिकेट टूर्नामेन्टका क्रममा पाकिस्ताको जर्सी लगाएका थिए । केही मानिसले आपत्ति जनाए र झगडा शुरु भयो । हामीले जब उसलाई नियन्त्रणमा लिएर पुछताछ गर्दा थाह भयो की उनी शहिद अफ्रीदीका ठूला फ्यान रहेछन्, त्यसैले उनले पाकिस्तानको जर्सी पहिरिएका थिए ।’
एसपीले पाकिस्तानको जर्सी लगाउनु कोही अपराध हैन, हामी उसालई कसरी गिरफ्तार गर्न सक्थ्यौं र त्यसैले हामीले सामान्य मुद्दामा उनलाई नियन्त्रणमा लियौं र पछि छोड्यौ ।’
यसैबीच उत्तर प्रदेशमा एक व्यक्तिले आफ्नो घरमा पाकिस्तानको झन्डा लगाएका थिए । उसले स्थानीय अधिकारीको ध्यान खिच्न यस्तो गरेको पत्ता लाग्यो ।
एजेन्सीको सहयोगमा