
लन्डनमा अध्ययन गरिरहेका चिनियाँ मूलका सिंगापुरी युवकमाथि आक्रमण गरिएको छ । कोरोनाभाइरससँग जोडेर उनीमाथि जातिभेदी आक्रमण गरिएको हो ।
जोनाथन मोक नामक ती युवकले फेसबूकमा सोमवार एउटा पोस्ट गर्दै आफूलाई अक्सफोर्ड स्ट्रीटमा केही मानिसहरूको समूहले आक्रमण गरेको बताए । उनीमाथि फागुन १२ गते राति सबा ९ बजेतिर आक्रमण गरिएको थियो ।
आक्रमणमा परी उनको दाहिने आँखामा चोट लाग्यो । आक्रमणकै भोलिपल्ट उनले चोटग्रस्त अवस्थाको फोटो खिचेका थिए ।
पूर्वी एसियाका मानिसमाथि बेलायत र संसारका अन्य भागमा समेत आक्रमण हुन थालेका छन् ।
‘ममाथि लात्ती उज्याउनेले पिट्नेले हाम्रो देशमा तेरो कोरोनाभाइरस चाहिँदैन भन्यो अनि अर्कोले मेरो अनुहारमा मुड्की हिर्कायो । त्यसले गर्दा मेरो नाकबाट रगत बग्यो,’ मोकले लेखे ।
आक्रमणकारीहरूले उनको अनुहारका हाडमा फ्र्याक्चर गरेको चिकित्सकहरूले बताए । उनको अनुहारलाई पूर्व अवस्थामा फर्काउन शल्यक्रिया गर्नुपर्ने भएको छ ।
लन्डन मेट्रोपोलिटन प्रहरीले एक बयान जारी गरेर मोकविरुद्ध जातिगत रूपमा आक्रमण गरिएको जनाएको छ ।
सीएनएनबाट