०६ साउन २०८३, बुधबार

अफगानिस्तानमा पाकिस्तानी आक्रमण- महिला र बालबालिकासहित २८ जनाको मृत्यु

असार १६, २०८३
काठमाडौं
अफगानिस्तानमा पाकिस्तानी आक्रमण- महिला र बालबालिकासहित २८ जनाको मृत्यु

संयुक्त राष्ट्रसङ्घको अफगानिस्तान मिसनका अनुसार पाकिस्तानले आइतबार सीमा जोडिएका अफगान प्रान्तहरूमा हवाई आक्रमण गर्नुका साथै सैनिकहरू पठाएर स्थलगत सैन्य अभियान चलाएको छ। कारबाहीमा कम्तीमा २८ जना सर्वसाधारणको मृत्यु भएको बीबीसीले जनाएको छ । 

यूएनएएमएका अनुसार आक्रमणमा परी अन्य ४९ जना घाइते भएका छन् । मृतक र घाइते हुनेहरूमा महिला तथा बालबालिकाहरू समेत रहेका छन् ।

अफगानिस्तानको तालिबान सरकारले आक्रमणमा सर्वसाधारणका घरहरूलाई निशाना बनाइएको दाबी गरेको छ । 

अर्कोतर्फ, पाकिस्तानले भने अफगानिस्तानको पक्तिया, पक्तिका र कुनार प्रान्तमा रहेका चरमपन्थीका ठेगानाहरूलाई लक्षित गरी आफूले कारबाही चलाएको दाबी गरेको छ ।

यी दुई छिमेकी देशहरूबीच गत वर्ष अक्टोबरमा कैयौँ हप्तासम्म चलेको भिडन्तपछि युद्धविरामको सहमति भएको थियो, तर पछि उक्त सम्झौता भङ्ग हुन पुग्यो।

salt training

कमेन्ट गर्नुहोस्